महोत्तरी- महोत्तरीकाे वर्दिवास स्थित एक मन्दिरबाट मुर्ति चाेरी भएको छ । वर्दिवास १ मा नव निर्मित दुर्गा मन्दिरमा गए राति भैरवको मुर्ति चोरी भएकाे हाे ।
मन्दिरको झ्याल ढोका तोडफोड गरि मुर्ति चाेरी गरिएको स्थानीय युवा विजय पोखरेलले बताए । मन्दिर जस्तो ठाउँमा पनि चाेरी त्यसमा पनि भगवानको मुर्ति चाेरी भएकाे घटनाले स्थानीयमा निकै आक्रोस देखिएको छ ।
यस मन्दिरमा गएको दसैंको सप्तमीको दिन मुर्ति स्थापना गरिएको थियो ।
स्थानीय युवा विजय पोखरेलले भने, 'देउतालाई समेत बाकि नराख्ने , पाप र धर्मको चेष्टा नभएकालाई यो समाजमा रह्ने कुनै पनि आधार रहदैन । कसैले आएर चोरोस् , तोडफोड गरोस भनेर मन्दिर बनाइएको हुदैन । हाम्रो आस्था माथि खेलवाड गर्ने जो कोही हुन कदापि मुक्ति दिने छैनौं ।'
स्थानीयले प्रशासन संग चाेरीकाे मुर्ति र चाेर पत्ता लगाउन जाेडदार माग गरेकाे छ।




