महोत्तरी।नेपाली कांग्रेस महोत्तरीले भोलि शनिवार हुने वडा अधिवेशन ८० प्रतिशत सर्वसम्मत चयन हुने बताएकाे छ ।
नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले दिएको जानकारी अनुसार महाेत्तरी जिल्लाकाे १३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको बताए ।
विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भए पनि वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी रहेकाे सभापति रायले बताए ।
उनले अधिवेशनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको जनाए ।जिल्लाका १३८ वटा वडाहरूमा एक-एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि नेपाली कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो ।




