
काठमाडौँ – सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा हिजो साँझ ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–३ बरमझियाका ३० वर्षीय चन्देश्वर दास रहेका छन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ना २ ख ९२१० नम्बरको ट्रकले हिजो साँझ सवा ६ बजे उनी सवार साइकललाई ठक्कर दिएको थियो।
ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले नियन्त्रणमा लिएको छ।