जनकपुरधाम। जनकपुरधाममा आज रामजानकीविवाहपञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ मनाइँदै छ ।
त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीता संग विवाह भएको धार्मिक विश्वास अनुसार आज भगवान रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँच्ने अर्थात धनुष यज्ञ कार्यक्रमको आयोजना जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।रामायणमा वणर्न गरिए अनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छाेरी सीताको विवाह गर्ने निधोका साथ गरिएको धनुष यज्ञमा चौतर्फी रुपमा दर्जनौं शक्तिशाली र वलबान राजा महाराजा र राजकुमार सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् ।अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर धनुषको धागो कस्न थालेपछि तीन टुक्रा भएको थियो । धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास तथा किवदन्दीछ ।
सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फुलबारी लीला सम्पन्न भइसकेको छ भने आज आइतवार धनुष यज्ञ मनाईदै छ।विवाहपञ्चमीको चौथो दिन भोलि (सोमबार) तिल्कोत्सव, मंगलबार मटकोर रहेको छ भने बुधबार मुख्यदिन विवाह महोत्सव रहेको छ । र बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।गत दुई वर्ष देखि कोरोना महामारी काराण प्रभावित बनेको यस महोत्सवको यस वर्ष धुमधाम साथ मनाउने तयारी रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताए।
अहिले विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरलाई नव बेहुली झै सजाइएको छ भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाई गरि मुख्य चोकहरुमा प्रवेश द्वारहरु निर्माण निर्माण गरिएको छ।अहिले विवाहपञ्चमी महोत्सव हेर्नकोलागि देश भित्र र भारत सहित तेश्रो मुलुकका पर्यटकहरुको पनि उल्लेख्य सहभागिता देखिएको छ।