जनकपुर।सभापतिको टुंगो लागेसँगै नेपाली कांग्रेसमा धेरैजनाको चासो भावी महामन्त्रीमा केन्द्रीत भएको छ। सभापतिमा शेबरहादुर देउवा विजयी भइसकेका छन्।
अब, निर्वाचन समितिले अन्य पदाधिकारीहरुको मतगणना थाल्ने तयारी गरिरहेको छ।
बुधबारबारै मतगणना शुरु हुनेछ। ५ पुसभित्र सम्पूर्ण मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन समितिका संयोजक गोपाल घिमिरेले बताएका छन्।



कांग्रेसमा सर्वाधिक मत ल्याउने दुईजना महामन्त्री चयन हुन्छन्। सभापति शेरबहादुर देउवाको प्यानलबाट डा.प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीको दौडमा छन्।
यसअघि, पहिलो चरणमा कसैले बहुमत पुर्याउन नसक्दा दोस्रो चरणमा देउवा र सभापतिका अर्का प्रत्यासी डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।
देउवाको पक्षमा २ हजार ७ सय ३३ मत खस्दा कोइरालाले १ हजार ८ सय ५५ मत ल्याए। कुल खसेको ४ हजार ६ सय २३ मतमध्ये ३५ मत बदर भएको थियो।





