मधेश प्रदेश
जनकपुरधाम – मधेश प्रदेशमा भाेली बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ । यसरी यश प्रदेशमा लगातार २ दिन सार्वजनिक हुने भएको छ।
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ भने बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।
२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरणमा यश प्रदेश सरकारमा शुरू देखि नै सार्वजनिक बिदा दिंदै आएको छ ।
प्रदेश सरकारले यस पटक बलिदानी दिवस राजविराजमा मनाउने निर्णय गरेको छ । यश पटक यस दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।


