
जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर अन्दाजी ३० वर्षिय पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।