नेपालमा संविधान २०७२ जारी भए पछि महिलाको क्षेत्रमा हक अधिकार सु निश्चित भएको छ। प्रत्येक वर्ष महिला सशक्तिकरणको लागि सरकारले थुप्रै कार्यक्रमको आयोजना गरि रहेको छ। महिला सशक्तिकरणको कार्यक्रममा महिलाको विरुद्ध हुने सबै प्रकारका हिंसाहरू अन्त्य गरी हरेक क्षेत्रमा महिलालाई सहभागिता गराई उनीहरूको अन्तर्निहित क्षमताको वृद्धि गर्दै विभेदका कानुन लाई नै संशोधन गरीएको छ।
स्थानीय सरकारले नीति तथा कार्यक्रम नगर परिषदबाट नै पास गराएर महिलाका पक्षमा काम गर्न थाली सकेको अवस्था पनि छ तर त्यति हुँदा हुँदै पनि प्रत्येक दिन जसो नै महिलाहरू विभिन्न खाले हिंसाका पिडीत भै रहेका छन्। घरेलु हिंसाका कारण धेरै महिलाहरूको ज्यान अनाहकमा गै रहेको छ। यस्ता घटनालाई हेर्दा सरकारले महिला सशक्तिकरणको लागि गरेको खर्च र यसको पहुँच गाउँ गाउँमा पुग्न नसके पनि महशुस भएको छ।
नेपालको दोस्रो ठूलो शहर चितवन हुनुपर्छ भनेर धेरै जनाको जोडवल छ तर त्यसमा पनि पहिलो स्थानिय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूले राम्रो काम गरेको भएर चितवनको खैरहनी नगरपालिका पुरस्कृत पनि भयो। आज भन्दा पाँच दिन पहिला त्यही नगरपालिकाको वडा नं १० मा स्थायी बसोवास गरी रहेकी एक महिला गीता माझीको आफ्नै श्रीमानले गरेको अमानवीय व्यवहारको कारण आफ्नो प्राण त्याग गरेको खबर सामाजिक संजाल र विभिन्न संचार माध्यमबाट पढन र विछिपत भएको तस्विरले मलाई एकदमै दु:खी बनायो । आफ्नो घर व्यवहार मिलाएर बालबच्चा हुर्काउन जति श्रीमानलाई भन्दा बढी जिम्मेवार ती गीता माझीलाई थियो।
चितवन खैरहनीकी गीता माझीको संबेदनशील अंगमा लौरो घोचीएको पीडा , काठमाण्डौमा मलाइ भै रहेको छ र मानौ त्यो घोचाइ बाट केबल गीताको आत्मा मात्र छीनीएको छैन बल्की आज हामी जस्ता हज्जारौं लॉखौं नेपाली महीलाहरु पनि ,उनी संगै लास भएका छौं।
एक पतीलाइ आफ्नी अर्धाङ्गिनी अर्थात् जीवनको सबैभन्दा नजिक हुने श्रीमतीको प्रजनन अंगमा लौरो कोच्ने सहास एकै दिनमा आएको नभै यो ऑट सैंयौ बर्षको पुरषसताको उपज हो । महिलाहरु कमजोड हुन्छन् , तिनलाई जे गरे पनि हुन्छ र ती केबल अस्तीत्व बीहीन दास र खेलौना मात्र हुन् , उनीहरूको कुनै अस्तीत्व हुंदैन भन्ने बिश्वास नभै जीउंदो माछाको शरीरमा मछुवाराले बाँसको तीखो सील घोच्न नहिचकीचाए झैं कुनै लोग्ने मानीसले धक नमानी संबेदन सील अंगमा लौरो कोच्ने ऑट कुनै पतिलाइ ऑउन सक्तैन।
आज नेपाली महीलाहरुको समस्या यो छ की ,त्यो पुरुषको पासबीक ऑट र लापरबाही लाइ कसरी रोक्ने ? त्यसको प्रतिकार कसरी ? मलाइ लाग्छ यस्को जबाफ हो हरेक महीला माथीको अत्याचार हामी सबै माथीको अत्याचार हो भन्ने ठॉन्ने र मीलेर प्रतीकार गर्ने ।
आउनुहोस् सबै दिदीवहिनीहरू, साथीहरू हो, हामी प्रत्येक महिला आफै गीता भएर प्रतीकार गरौं। देस उठौं । बिदेशमा बसोवास गर्ने सबै महिलाहरूले आवाज उठाऔं। म त उठी सकेको छु । मेरा मुठी उठी सकेका छन् मेरो आवाज बाहिर निस्किएको छ। प्रतीकारमा मेरो मुख खुली सकेको छ। म यॉहा हरुको साथमा छु । मेराे साथमा सम्पूर्ण नेपाली महिलाहरूले आवाज बुलन्द पार्न हार्दिक अनुरोध गर्दछु।
सेलीबेरटी भएकाहरूलाई मात्र साथ दिएर भिड नदेखाउँ गरीब निमुखा महिला माथि भएको यो मानवअधिकार विरुद्ध यस्ता अपराधका घटनामा कुनै पनि महिलाले पिडा खेप्नुपर्ने अवस्था आउन नदिनका लागि महिला अधिकारकर्मी देखि सम्पूर्णलाई साथ दिएर प्रतिकार गर्न अग्रसर हौं।