काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैशाखमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न सुझाव दिएको थियो । जसले गर्दा एसईई हुन्छ की हुँदैन भन्ने द्विविधा थियो ।
राष्ट्रिय परीक्षा बोर्डले भने एसईईको तयारी भइरहेको जनाएका छ । वैशाखको सुरुआतमै परीक्षा गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम न्यौपानेले बताए ।
उनका अनसार केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने भएको छ । वैशाखमा परीक्षा गर्दा पनि कक्षा ११ का नयाँ शैक्षिक सत्रमा कुनै असर नपर्ने गरी परीक्षाफल प्रकाशित हुने उनको भनाइ छ ।
विगतमा चैतमा एसईई परीक्षा हुने गरेको थियो । कोरोना भाइरसको महामारीका कारण गत दुई वर्ष परीक्षा हुन सकेको थिएन । आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो ।
यस पटक भने परीक्षा हुने र त्यसका लागि तयारी गर्न बोर्ड अध्यक्ष न्यौपानेले विद्यार्थी र शिक्षकलाई आग्रह गरेका छन् ।