महोत्तरी । महोत्तरीको औहरी नगरपालिकाले जिल्लामै पहिलो पटक ९ औ नगरसभाको सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भईसकेको अवस्थामा औहरी नगरपालिकाले विहीबार सर्वसहम्मत रुपमाले नगरसभामा सम्पन्न गरेको हो ।नगरसभालाई सम्बोधन गर्दै जिल्ला समन्यव समिति महोत्तरीका सदस्य सर्युग यादवसहित विभिन्न पार्टीका प्रतिनिधीहरुले मेयर सुनिल यादवको कार्यलाई प्रंशा गरेका थिए । महोत्तरीमा स्थानीय तहका प्रमुख मध्ये मेयर यादव उमेरमा सबभन्दा कान्छो भएरपनि कामको हिसावले जिल्लाकै उत्कृष्ठ मेयर रहेको दावि गरे ।नगरपालिकाको कार्यापालिकामा मेयर अल्पमतमा भएपनि १ देखि ९ वटै नगरसभा सर्वसहम्मत गराउनु समान्य विषय नरहेको भन्दै साहले भने,‘ महोत्तरीका अधिकांश स्थानीय तहका विवाद छ, कुनैमा योजनालाई लिएर, कुनैमा वजेटलाई लिएर, कुनैमा कमिशन त कुनैमा सेवा सुविधा लिएर विवाद हुने गर्छन, तर औहरी नगरपालिकामा विवाद गर्ने लायक कुनै विषय नै छैन ।’
नगरसभालाई सम्बोधन गर्दै मेयर यादवले पदमा हुदाँ आफुले कहिलेपनि पार्टी गत हिसाबले काम नगरेको दावि गरे । मेरो लागि नगरपालिका सबै वडा समान थियो र छ, सबैको वडामा एकनासले वजेट विनियोजन गरिरहे । शिक्षा, स्वास्थ्य, कृषि, सबै क्षेत्रलाई ध्यानमा राखेर आफुले विकास निर्माणको काम गरेको मेयर यादवले बताए ।मेयरमा निर्वाचित हुदाँ नगरपालिकाको संरचना निर्माणदेखि कर्मचारी व्यवस्थापन ठुलो चुनौति थियो मेयर यादवले भने,‘ तर विभिन्न पार्टीका सहयोग, कर्मचारी र नगरवासीकै सहयोगले आफुले जनताको हितमा काम गरेको छु ।’ विभिन्न नगरपालिका मेयर, उपमेयरले विकास निर्माणको पैसाले गाडी किनेर चढेका छन, तर मेयरको लागि खरिद गर्ने गाडी रकम मैले एम्बुलेन्स खरिदको लागि राखेको छु । कर्मचारीलाई तलब खुवाउन आफ्नो सेवा सुविधा पनि छोडने गरेको छु । तर म यो कुरालाई कहिले प्रचारप्रसार गरेनन् ।’पदमा रहेपनि पनि नरहेपनि आफु सदैव जनताको हितमा जनताको हक अधिकारको लागि काम गरिहने मेयर यादवले बताए । नगरपालिका सदस्य तथा माओवादीका स्थानीय नेता चुडामणि दाहालले मेयर यादवको कामलाई निकै प्रंसा गरेका थिए । कम उमेर भएपनि मेयर यादवले नगरपालिकामा नायक जस्तो भएर विकास निर्माणदेखि कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताए । नगर सभामा निमित प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्रले पनि कर्मचारीहरुलाई काम गराईको क्रममा जनप्रतिनिधबाट त्यस्तो कुनै दवाव नआएको बताए ।