काठमाडौं – नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधिसमेत रहेका नरबहादुर श्याङतानसहित चार जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
उनीहरूलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अविर र खाँदा गलाएर स्वागत गरेका छन् ।



आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन । सो अवसरमा एकीकृत समाजवादी महोत्तरीका सचिव सोमबहादुर कार्की, मधेश प्रदेश सदस्य सुरेश राउत, रेखा राउतलगायतको उपस्थिति रहेको थियो ।

एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नेताहरूमा नरबहादुर श्याङतान, तेजप्रसाद अधिकारी, सुवर्ण पौडेल र लालकिशोर झा रहेका छन् ।




