काठमाडौं - आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको बताए । उनले अव जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक–एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउने बताए । त्यहाँ नामावलीबारे दावी विरोध हुने उनले भने ।
नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उनले बताए ।
यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए ।
वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उनले बताए । त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका
नामावलीलाई प्रक्रिया पु-याएर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ । आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।