रौतहट – रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा फेला परेको शंकास्पद वस्तु ईंटा भएको पुष्टि भएको छ । चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आगमन अवरुद्ध भएको थियो । बिहानैदेखि सुरक्षाकर्मीले सो सडकखण्डलाई नियन्त्रणमा लिएर आवतजावत बन्द गरेका थिए ।
राजमार्ग भएर गुड्ने सवारीहरूलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर माझीले बताए । जिल्ला सदरमुकाम गौरबाट बिहान १० बजे घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु ईंटा भएको पुष्टि गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।



https://www.facebook.com/shirishonline1/videos/334765618605831
https://shirishnews.com/banner-news/14625.html/




