
महोत्तरी - महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा न.४ का विभिन्न टोलका ७ सय घरपरिवारलाई सुपानेट झूल वितरण गरेको छ ।
लामखुट्टेको प्रकोपबाट जोगिनका लागि सुपानेट झूल वितरण गरिएको हो । परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको वडा अध्यक्षले जानकारी दिनुभयो ।

तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो । झूल वितरण गर्दै रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहले जनताको सुख–दुःखमा स्थानीय सरकार सदैव साथमा रहेको बताउनुभयो ।
उहाँले गरीब र विपन्नका लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी पनि दिनुभयो । वडा नं ४ का वडाध्यक्ष उमेश महतोले जनताका स–साना आवश्यकतालाई ख्याल गरेर आफूले योजना बनाएको बताउनुभयो ।