जनकपुरधाम- पूर्ण समानुपातिक निर्वाचन प्रणाली बारे युवाहरू द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आज Yes Together We Can ले "नेपालमा पुर्ण समानुपातिक निर्वाचन प्राणालीको आवश्यकता र औचित्य " सम्बन्धी ४२औं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष चुडामणिा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राम रत्न सिंह गरेका थिए ।
काजल राईको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट सुरु भएको कार्यक्रममा कानुन, मानवीकि तथा व्यवस्थापन संकायमा विभिन कलेजमा अध्ययनरत विधार्थीहरुको व्यापाक सहभागीता रहेको थियो ।
वक्ताहरुले अहिलेको निर्वाचन प्रणाली महंगो ,बिकृत तथा देशमा रहेको समस्याहरुको समाधान गर्न नसके ठहर गर्दै समानुपातिक कोटा को चरम दुरुपयोग भइरहेको प्रति आवाज बुलन्द बानाउनु पर्ने आवश्यकता औल्याएका थिए ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाम्रो देशमा जात भुगोल वा अरु के अधार मा लागु गर्न सकिने बारे पनि विशेष बहस चालाउनु पर्ने युवाहरूको धारणा थियो।
कार्यक्रममा युवाहरूको जिज्ञासालाई समेत अतिथि वक्ताहरूले जवाफ दिएका थिए ।
कार्यक्रममा स्वतन्त्र मधेस गठबन्धनका पुर्व सह संयोजक तथा हाल स्वाधीन मधेस का प्रमुख समेत रहेका प्रोफेसर कैलाश महतो र तराई मधेस रास्ट्रिय परिषद(TMNC) का पुर्व संयोजक सि एन थारु ले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।




