महोत्तरी। पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटसाइकल चालकको मृत्यु भएको हाे ।



पिकअप सिन्धुलीबाट वर्दिवास आउदै गरेको प्र -१-०२-००२च ५२६३ र मोटरसाइकल वर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकल मंग्लवार विहान ८ बजे ठोकिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा मृत्यु भएका बा ७२ प ५१३० नम्बरको मोटरसाइकल चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राइको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पिकअप चालकलाई नियन्त्रणमा लिइएकाे छ ।




