
सबिता यादव
सामाजिक संजाल आफैमा नराम्रो होईन । सामाजिक संजालकै कारण विभिन्न आफन्त देखि नयाँ व्यक्तिहरुसंग सम्पर्क साध्ने र विभिन्न व्यापार व्यवसाय समेत सहज तरिकाले संचालन गर्न यसले सघाएको हुन्छ । आफ्नो सोच र विभिन्न आईडिया समेत एकअर्कासंग साझा गर्न सामाजिक संजालले सघाएको हुन्छ । यसको मद्दतले विश्वको कुनै कुनाबाट अर्को कुनामा हुने व्यक्तिसंग सहजै भिडियो कलमै भेटघाट र कुराकानी गर्न सकिने व्यवस्था वर्तमानमा गरिएको छ । विभिन्न सुचना आदान प्रदान गर्न र विभिन्न जानकारी आकस्मिक जानकारी समेत साझा गरेर हुन सक्ने ठुलै दुर्घटनाबाट बचाउन समेत यसले सघाएको हुन्छ ।
विगत केहि वर्षयता सामाजिक संजालका विभिन्न माध्यम हामीहरु विच आएका छन । जसमध्ये फेसबुक,ह्वाट्सअप,ईमो,ईन्स्टाग्राम,टिकटक,भाईवर लगायतका अनेकौ छन । सवै साईटले विश्वमै अहिले अर्वौको आम्दानी गरिरहेको छ भने आम उपभोक्ताको लागि विश्वलाई नै पहुचको आधारमा यि साईटहरुले सानो बनाईदिएको छ ।
तर यहि सामाजिक संजालको प्रयोग तपाईले सकारात्मक वा नकारात्मक कुन कार्यको लागि प्रयोग गर्दै हुुनु हुन्छ त्यसले भने ठुलै महत्व राख्छ । गितकारले आफनो गित र त्यससंग जोडिएको भाव साझ ागर्न यसको प्रयोग गर्छन भने पत्रकारले समाचार । त्यसतै एउटा ईन्जिनियरले आफ्नो पेशासंग सम्बन्धित ज्ञान साझा गर्न सामाजिक संजालको प्रयोग गरिरहेको हुन्छ भने विद्यार्थीले यसबाट केहि ज्ञान आर्जित गर्न यसको उपभोग गरिरहेका हुन्छन ।
यसरी सकारात्मक रुपमा प्रयोगमा ल्याईने सामाजिक संजालका साईटहरुले तपाईलाई सकारात्मक परिणाम दिईरहेको हुन्छ भने यसकै नकारात्मक प्रयोग भए त्यसको प्रभावपनि नकारात्मक नै हुने गर्छ ।
हाम्रो दैनिक दिनचर्यामा सधै प्रयोग हुने सामाजिक संजालका साईटहरु सुख,साधन सिकाई ,मनोरंजन र कुनै महत्वपुर्ण कार्य गर्नको लागि नै यसको निर्माण गरिएको छ । तर यदि त्यही सामग्रीहरुलाई जथाभावी गलत तरिकाले प्रयोगमा ल्याउन थाल्यौ भने हामी आफुपनि बर्बाद हुन्छौ र समाजलाई पनि बर्बादीको तर्फ धकेल्छौ । त्यसैले हामीले बेलैमा सचेत भई सतर्कता अपनाई आफु र समाजलाई गलत दिशातर्फ जानबाट बचाउनु पर्छ । त्यसको लागि हामी सवै पहिला आफैबाट सुरुवात गर्नु पर्छ ।
यहा हामी कुरा गर्दै छौ सामाजिक संजालको साईट मध्येको एक टिकटक वारे । अहिले टिकटकमा विभिन्न मैथिली तथा भोजपुरी दोहोरो अर्थ लाग्ने र केहि त सिधै सभ्य समाजलाई अपच्य हुने फोहोर,छाडा र अश्लिल शव्दहरु प्रयोग भएको गितहरु टिकटकमा छ्यापछयाप्ती पाईने गरिएको छ । र तिनै गितहरुमा तपाई हाम्रो घरको छोरी,चेली बुहारीले अश्लिल र असभ्य अंग प्रदर्शन हुने नाच र हाउभाउ देखाउने गरेका छन ।
सामाजिक संजालकै विषयमा कुरा गर्दा सवैभन्दा माथि भने झै यो देश विदेश वा भनौ संसार भरिकै गतिविधी सुचना, र जानकारी प्राप्त गर्ने एउटा माध्यम हो । सामाजिक संजालबाट वर्षौ देखि कुनै कारणवश सम्पर्क हुन नसकेका आफन्त ईष्टमित्र साथीभाईहरुबाट सम्पर्क गर्न सक्छौ । किनभने अहिले हरेक व्यक्तिले आफ्नो सामाजिक संजालको विभिन्न साईटमा आफ्नो एकाउण्ट खोलेका छन ।
जुन बेला मोबाईल थिएन त्यो वेला हामी आफ्नो मनको विचार आदान प्रदान गर्नका लागि पत्रपत्रिकाको सहारा लिन्थ्यौ वा प्रत्यक्ष भेटघाटबाट मात्र सम्भव थियो । तर आज आएर सामाजिक संजालका कारण हामी आफ्नो विचार आदान प्रदान गर्नलाई यसको सहज प्रयोग गर्दै छौ । तर यहि सामाजिक संजाललाई धेरै व्यक्तिहरु गलत तरिकाले प्रयोग गर्न थालेका हुन । टिकटककै गलत प्रयोगले समाजमा अश्लिलता फैलिईरहेको छ । कति महिला दिदी बहिनीहरुले उत्त्तेजक फोटो पोष्ट गर्ने र कतिपय पुरुष दाजुभाईहरुले महिला दिदी बहिनीहरुको फेसबुक वा अन्य सामाजिक संजालको एकाउन्टको ईन्वक्समा अश्लिल भिडियो पठाउने,अश्लिल कुरा गर्न खोज्ने गर्ने गरेका छन । कुनै काम नभएर पनि अपरिचित महिलाहरुलाई पटक पटक हाई हेल्लो को म्यासेज पठाएर हैरान पार्ने अचेल दिनचर्या बनिसकेको छ । अर्को तर्फ सामाजिक संजालबाट प्रेम प्रस्ताव राख्ने र कति त सामाजिक संजालबाट नै प्रेम सम्बन्ध कायम गरि विहे समेत गरेर पछि केहि दिनमै सम्बन्ध टिकाउन नसकी सम्बन्ध विच्छेद समेत गर्ने गरेको घटना प्रसस्तै छन । अझै कति महिला र पुरुष सामाजिक संजालबाट स्थापित गरेको प्रेम कै कारण आफ्नो ज्यान समेत गुमाईसकेका धेरै घटनाहरु वाहिर आएका छन ।
यस्तै अहिले धेरै लोकप्रिय,चर्चिर र धेरैले प्रयोग गर्ने टिकटक पनि छ । विगत केहि महिनामै टिकटकले फैलाएको अश्लिलताले परिवारका सदस्यहरु एक ठाउमै टिकटक हेर्ने वातावरण नै समेत रहेन । परिवारका सदस्यहरु बसेको ठाउमै वसेर केहि मिनटमात्र टिकटक चलाउदा आफैलाई लाज लागेर त्यो बन्द गर्ने अवस्था अहिले आईसकेको छ । प्रश्न छ यसको लागि दोषी को ?
अश्लिल र दोहोरो अर्थ लाग्ने गित रेकर्डिंग गर्ने स्टुडियोलाई दोषी भन्ने वा त्यो स्टुडियोमा वसेर यस्ता गित गाउने कलाकार दोषी ? वा त्यो कलाकारले गाउने गितको बोल लेखिदिने राईटर दोषी? अझै थप्नु पर्दा त्यो गित सुनिदिने के हामी जनता दोषी ? वा यस्तो गितलाई लगाम लगाउन नसक्ने हाम्रो सिस्टम नै दोषी ? यतिसम्म त बुझियो कि दोषी हामी सवै हौ भनेर तर ति गितमा झनै आफ्नो अंग प्रदर्शन गर्दै समाज र परिवारकै सामुने नांगो नाच देखाउने ति महिलाहरु दोषी ?
हाम्रै समाजकि दिदी बहिनीहरुले यस्तो अश्लिल गित हालेर आफ्नो शरिरको नुमाईस गरि छातीको आधा भन्दा वढी हिस्सा लाई प्रदर्शन गरि र आफ्नो कम्मरको तल्लो भाग(हिप) टिकटकमा देखाई भाइरल हुन चाहन्छिन । लाईक,कमेन्ट,गिफ्ट र रकम पाउने लोभमा आफ्नो ईज्जत खुलेआम बेचिरहेकि छिन ।
अझै दोषीकै कुरा गर्नु पर्दा समाजका ति दाजुभाईलाई दोषी भनु कि जसले आफ्नै छोरी चेली विग्रिरहदा त्यसलाई सम्झाउनु र सम्हाल्नुको साटो टिकटकमै विभिन्न गिफ्ट र रकम पठाएर झनै उनीहरुलाई यस्तो गर्न प्रेरित गर्छन ।
टिकटकको प्रयोग सहि तरिकाले नभए यसले कैयौको घर नै बर्बाद गर्न सक्ने हुन सक्छ । धेरै युवा युवतीहरु यस्तैमा रोष्टको सिकार भई आफ्नो र आफ्नो घर परिवारकै मान सम्मान र प्रतिष्ठा गुमाउनु परेको छ भने केहिले ज्यान नै दिनु परेको अवस्था समेत आएको छ ।
त्यसैले हामीले सामाजिक संजालको कुनै पनि माध्यम प्रयोग गर्दा यसबाट भोलीको दिनमा कुनै हानी नोक्सानी वा क्षति नहुने गरि प्रयोग गर्नु आवश्यक छ । हाम्रो कुनै गतिविधी र कृयाकलापले समाजमा पनि गलत संदेश र असर नपुगोस । अन्तमा यहि भन्न चाहन्छु कि स्वतन्त्र बन्नु तर उदण्ड नबन्नु । किनकी उदण्डताले सबभन्दा पहिले आफैलाई नोक्सानी गर्छ ।
(लेखक समाजसेवी तथा जनता समाजवादी पार्टी कि प्रदेश कार्यसमिति सदस्य हुन । )


