बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट १७ अप्रिलमा विवाह बन्धनमा बाँधिने भएका छन्। विवाह समारोह भने १४ अप्रिलबाट शुरु हुने जनाइएको छ।
एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आलियाका काका, लेखक तथा अभिनेता रबिन भट्टले यसको आधिकारिक स्वीकृति दिएका छन्। उनीहरूको विवाहका कारण आलियाका पिता महेशले पनि फिल्म सुटिङबाट ब्रेक लिएका छन्।
विवाहमा नजिकका परिवार र साथीभाइलाई मात्र निम्तो दिइएको रबिनले बताए। विवाह समारोह चारदेखि पाँच दिनसम्म चल्नेछ बताइएको छ। उनीहरू दुवैले पञ्जाबी परम्परामा रहेका विवाह गर्न लागेका भारतीय सञ्चारमाध्यम भाष्करले लेखेको छ।