वर्दिवास- बहिरा व्यक्तिहरु संग जलवायु परिवर्तन, यसका प्रभाव र अनुकुलताका उपायहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध नेपाल बर्दिवास आयोजना र सामुदायिक विकास तथा पैरवी मंच नेपालकाे लिरिक परियोजनाकाे अन्तर्गत संचालित यस अभिमुखिकरणमा बहिरा व्यक्तिहरूकाे लागि जलबायु परिवर्तन , त्यसका प्रभाब र अनुकुलनका उपायहरूकाे बारेमा साङकेतिक भाषा मार्फत अभिमुखिकरण गरिएको आयोजक संस्थाका कार्यक्रमका फाेकल दिपा लामाले जानकारी दिइन् ।



कार्यक्रमको दाभासे प्रमाेद बर्मा र सुधा गाेैतमले सहजिकरण गरेका थिए । कार्यक्रममा १७ जना बहिरा व्यक्तिहरुको सहभागीता रहेको थियो ।





