काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ । लुसेल स्टेडियममा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिएको छ ।
अर्जेज्टिनाका लियोनल मेस्सी र एन्जल डि मारियाले एक/एक गोल गरे ।
मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे भने मारियाले ३६औँ मिनेटमा गोल गरे । उनले मेस्सीको असिस्टमा गोल गरेका हुन् ।




