नेपालको मुटु काठमाण्डौंमा केही महिना अगाडि एक घरका पुरै पविारले आफनो ज्यान फाल्न बाध्य भएर एकै ठाउँमा बसेर यो संसार छोडेको कुरा समाचार बाट सुनेकी थिएँ ।त्यो परिवारको निणर्य सही थिएन तर उनीहरुले विकल्प पनि देख्न वा भेट्न नसकेर होला सायद यो कठिन निर्णय लिए । समाचारमा सुने अनुसार उनीहरुको आय एकदमै न्यून थियो । घर व्यवहार चलाउन भनेर त्यो परिवारले सहकारीबाट ऋण लिएको रहेछ । एकातिर आम्दानीको श्रोत नभएको थियो भने अर्को तिर कोभिड १९ आएर झन अप्ठयारोमा सबैलाई पार्यो । यही कोभिडको कारण कति दिन सम्म उनीहरुको चुल्हो पनि बलेको थिएन भनेर छिमेकीहरुले यूटुबमा बोलेको भिडियो त अहिले पनि छ ।
जब जब चुनाव आयो तब तब यो परिवारको पनि भोट कसैले लिए होलान ।चुनावको बेलामा गरीबलाई उकास्ने,गरीब दुःखीको पार्टी हौं भन्दै दुई हात जोडेर नमस्कार गर्दै भोट माग्न हुलका हुल जाने तर चुनाज सकिए पछि त्यो परिवार कहाँ छ ? उनीहरुको घर व्यवहार कसरी चलेको छ भनेर कोही कसैले पनि उनीहरुलाई खोजेनन होला र नै त्यो परिवारले नेतालाई न खोजी मृत्युलाई नै रोजे ता कि जस्लाई भोट दिए पनि कस्टरकर जीवनले कुनै नयाँ अनुभव लिन पाएनन् ।अहिलेको चुनावमा त्यो परिवारले छुट पाए पनि देशभर यस्ता लाखौं परिवारहरु छन् नै । म बस्ने समुदायमा पनि हजारौं परिवारहरु छन् जस्लाई नेताले चुनावमा मात्र खोज्छन् । जति बेला म चुनावी चहलपहल देख्छु विभिन्न पार्टीका घोषणा पत्र र संकल्प पत्र पढछु त्यति बेलामा त्यसरी आर्थिक अभावको कारण सबै परिवारको सामूहिक आत्महत्या गरेको खबर सम्झन्छु अनि गम्भिर भएर एकान्तमा बसेर सोच्ने गर्छ ।आखिर गरिब परिवारले कहिले गर्न पाउँछन दुःखमा राज्य छ भन्ने कुरा ।संघ संस्था ऐन २०३४ अनुसार दर्ता भएका संघ संस्थाका सदस्यहरु यसरी मर्नु हुदैनथ्यो ।सहकारी कै कारणले यसरी आत्मा हत्या गर्दा त्यहाँ राज्य मौन भयो।
आज पनि गरिब निमुखा जनतालाई चुनावको मतलब छैन छ त केवल छाक कसरी टार्ने र पेट कसरी पाल्ने भन्ने मात्र चिन्ता छ ।आज देशभर यही आउने बैशाख ३० गते स्थानिय निकाएको निर्वाचन हुने मिति निश्चत भएको र निर्वाचनको लागि सबै राजनीति दलहरुलाई आ आफनो दलको उमेदवारी चयन गर्ने चटारो भैरहेको थियो तर चटारोबाट मुक्त भएर आज टुंगोमा पुर्याएका छन् । बैशाख ३० गते हुने निर्वाचनबाट ३६ हजार २ सय २१ पदमा विभिन्न व्यक्तिहरु जनताको मतबाट विजयी हुने छन् ।यसरी स्थानिय तहको सरकारमा पुग्ने व्यक्ति कस्तो छ ? कसरी आएको छ ,उसको विगतमा समाजका लागि उसको कस्तो भूमिका रहेको थियो ,उसको बारेमा सही तरीकाले जनताले बुझनु पर्ने समय पनि यही हो तर बिडमबना त्यसरी सामुहिक आत्म हत्या गर्ने जस्ता लाखौं परिवार बेखबर नै छन ।उनीहरु नमस्कार गर्न आउने र आश्सवसन देखाएर वषैं सम्म उनीहरुको घर गाउँ नटेकन्ो नेतालाई केही भन्न सक्दैनन् ।फेरी फकाउँछन र भोट लिन्छन्।हामी र हाम्रो पुस्ता सम्म आई पुग्दा हाम्रो अवस्था के कस्तो हुनु पथ्र्यो तर कस्का कारणले किन जे हुनु पथ्र्यो त्यो हुन सकेन भनेर उनीहरु सोध्न सक्देनन् ।
आज चुनावी माहौल बनाउन करोडौ करोड खर्च गरेर हेलिकप्टरमा चढेर शान सँग नेपाल घुम्ने नेताहरुलाई के थाहा जनताको पिडा ,आकाशमा उडेर भूँईमान्छेहरु सँग भोट जान्छन त्यही भएर भूँईमान्छेको बारेमा अनभिज्ञ हुन्छन नेताहरु ।नेताले चुनावी प्रचार प्रसार गर्न जाँदा प्रयोग हुने हेलिकप्टर अन्य सवारी साधानहरुको खर्च राज्यकोषबाट भूक्तानी हुन्छ तर गरिब निमुखाको परिवारले सामुहिक आत्माहत्या गरी रहेका छन् ।हेलिकप्टरमा चढेर भूँईमान्छेको भोट लिनु एकदमै निलृलज्जा हो ।भोट लिएर कुर्सीमा पुगे पछि कुनै पनि नागरिकले आर्थिक अभाव र भोको पेटको कारण ज्यान फाल्नु हुदैन । नेपालमा अब पुरातन सोचबाट बाहिर निस्कन नसक्ने नेता र नेतृत्वलाई त्यस्ता गरिब परिवारको भोट लिन भने केही चुनोति हुन्छ । तर नैतिकता नभए पछि जे गरे पनि छुट नै छ। राज्यको भरपुर सेबा सुविधा लिएर जनताको दुःख बुझन नसक्ने ,पदको लागि मरिहत्ते गर्ने पार्टीका नेताको कारण देशमा संकट नै स.कट आई रहेको छ ।यस्ता संकुचित र पुरातन सोच बोकेर बनाईएका आर्थिक प्रणालीहरु रनतिहरुमा धमिरा लागी सकेको हुँदा आमूल परिवर्तन गर्नु पर्दछ ।आज नेपालका अर्थ मन्त्रालयमा आर्थिक संकट आउनु पनि परिवर्तन गर्ने बाटो हो भन्ने मलाई लागेको छ । जहाँ आर्थिक संकट छ त्यहाँ कसरी विकास हुनछ ।देशमा विकास भएन भने सुरक्षा पनि नहुने निश्चत छ ।
विश्व प्रविधीमय भएर काम गरी रहेको बेलामा हाम्रो देशमा भने साधारण क्षमताका ,प्रविधीमा जानकार नभएका , कुर्सीमा बसेर राज्यको ढुकुटी उढाउन तँ छाड म छाड गर्दै पैसा खर्च गरेर आएका भिजन र मिसन नभएका गठबन्धनको नाममा ठगबन्धन गर्न आएका नेताहरु भगबण्डाबाट भाग पुर्याउन पटक पटक मन्त्रालय थपेर मन्त्री बनेर आएका मन्त्रीहरुबाट केह िउपलब्धि भएको छैन र अब पनि त्यस्ता व्यक्तिहरुबाट नयाँ कुरा आउने सम्भव छैन् ।
दीर्घकालिन समस्याबाट मुक्त भएर काम गर्नका लागि ज्ञान चाहिन्छ ।ज्ञान हुनको लागि शिक्षा चाहिन्छ ।शिक्षित र विशेष क्षमता भएका दक्ष व्यक्तिहरुको समुह बनाई दीर्घकालिन लक्ष्य लिएर योजना बनाएर काम गर्न सके मात्र यो देशमा परिवर्तन नयाँ मुहारमा कान्ति आउने छ । दक्ष, ज्ञि र अनुभवि दिमाग भएका व्यक्तिहरु समाजमा प्रशस्त हुनु हुन्छ ।त्यस्ता असल ,निक्ष्ठावान बहुआयमिक क्षमताका व्यक्तिहरु जस्ले एउटा शुद्ध निति र प्रणाली बनाएर काम गर्छेछन र परिवर्तन पनि सम्भव छ ।अनि नेपाललाई विदेशका विभिन्न राष्ट्रहरु नबनाई संसारको एक धनी ,सभ्यतामा आधारित सुरक्षित र सम्पन्न राष्ट्र बनाउन सक्ने छन् ।
तर यहाँ राजनैतिक प्रवृति हामीहरुले देखि सकेका छौं भने कतिले त भौगि रहेका पनि छौं ।पार्टी एकता र गठबन्धन स्वदेशी हितको लागि होईन विदेशी हितमा विदेशी इसराबाट चलि रहेको छ ।विचार ,सिद्धान्त ,लक्ष्य ,उदेश्य र वाद नै नमिल्ने ठाउँम कसरी नेताहरु मिल्छन ? खै त यो कुरा नेपाली जनताले बुझेको ? संविधान नमान्ने ,संविधान च्यात्ने र डढाउने सँग गठबन्धनको नाटक गरेर कुर्सीमा लिप्त हुने र भ्रष्ट्रचारमा रंगिनेहरुबाट नेपाल र नेपालीको भविश्य अझै पछाडि धकेलिने निश्चत छ ।
यो कुराले संकट निम्त्याउछ भनेर जान्दा जान्दै पनि फेरी तिनीहरुलाई सरकारमा पुर्याउन पैसामा आफनो भोट विकाएर जनताले गल्ति नगरी दिए हुने थियो ।राजनीतिमा सधैंभरी यस्ता अनुहारलाई नअटाई समाजमा विज्ञ र दक्ष व्यक्तिहरुलाई नयाँ प्रवेश गराई काम गर्ने मौका दिनु पर्छ ।
निर्लल्जा भएर सडम नाटक गर्नेहरुलाई हटाएर होस वा व्यवस्था ने परिवर्तन गरेरहोस कसरी सम्भव हुन्छ यो चाँहि सबैले सोच्नु पर्दछ किन की यति गर्न सकिएन भने नेपालमा हरेका क्षेत्रमा माफिया भ्रष्ट्रचार , लुटेराहरु ,फटाह , लोभीपापीहरुको घेराभित्र बसेर राजनैतिक विकास हुन सक्तैन ।राजनैतिक गर्न पनि नैतिकता चाहिन्छ ।
यहाँ आफनो कर्तृत लुकाउन अरुलाई जिागिरबाट निकाल्ने , विभिन्न बाहनामा दुःख दिने गरी रहन्छन् यहाँ नेतालाई नैतिकताको खडेरी लागेको छ। राजनैतिक विकास हुन नसके पछि जसरी एक महिना अगाडि त्यो गरिब परिवारले हत्या गरे त्यसै गरी थुप्रै नेपाली परिवारले सामुहिक आत्महत्या नगर्लान भन्न सकिदैन् । त्यस्ता गरिब परिवारलाई बचाउनको लागि घमण्डी, अहंकारी ,छेपारे रुप देखाउने नेताहरुलाई हराएर नयाँ समुहको नेतृत्वमा सरकार चल्नु पर्छ ।