महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा १० मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वडा अध्यक्ष पदका उम्मेदवार बिष्णु कुमार महतो(मुकेश)घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत माग्न थालेका हुन् ।
गौशाला नगरपालिका वडा १० लाई भ्रष्टाचारमुक्त, गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित आफ्नो एजेन्डा रहेको उम्मेदवार महतोले बताए ।
बिगता गौशाला नगरपालिकाको वडा १० मा भ्रष्टाचार र व्यतिथि तथा समाज परिवर्तनको लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनेमा विश्वस्त रहेकोे उनको तर्क छ ।