गठबन्धनलाई कुरा काटन तँ छाड म छाड छ
अर्का बालाई उखान टुक्का छाँटन फटाफट छ ।
पहिलो एमाले संग अहिले कांग्रेस संग लम्पसार
पदको लोभमा अभिवादन साटन छटपटाहट छ ।
कहिले लाल सलाम त कहिले जय नेपाल है भन्दै
आजभोलि मतदाताको दिमाग चाटन चिच्याहट छ ।
आफुले गर्ने कुरा घोषणापत्र र संकल्पपत्र राख्नु पर्ने
तर झुटो संकल्प पत्र बाँडेर भोट काटन खचाखच छ।


