औरही । महोत्तरीको औरही नगरपालिकामा मतगणना १ बजे देखि सुरू गरिने भएको छ ।
शनिवार बिहान बसेको सर्वदलिय बैठकले १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो ।
औरही नगरपालिकामा पुरुष ७ हजार १५६ र महिला ७ हजार ३८१ गरी जम्मा १४ हजार ६३७ मत खसेको छ ।
नगरपालिकामा कूल मतदाता १९ हजार ४ सय २२ रहेको छ ।