औहरी । महोत्तरीको सोनमा गाँउपालिकाको मतगणना स्थलमा दुई पक्ष बिच झडप भएको छ ।
सोनमा गाँउपालिकाको सभालहलमा मतगणना थालेको केही समयमै कुरा नमिलेपछि झडप भएपछि मतगणना रोकिएको निर्वाचन कार्यालय सोनामाले जनाएको छ । जम्मा ६ वटा मात्रै मत गणना भएको थियो ।



मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए ।
मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो । अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुन: गणना सुचारु गर्ने उनले जानकारी दिए ।





