बर्दिबास । महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव १ मत बढीले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।
नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीको ७२६ मत ल्याएका छन् ।
यादवले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।