गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ (बिजलपुरा)मा पछिलल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ ।
वडा नम्बर १३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार(जेब्रा)का लक्ष्मण सिंहले २३५, नेकपा माओवादी केन्द्रका धनराज लामा मोक्तानले ११९, लोसपाका श्याम प्रसाद राउतले ११९, नेकपा एस(कलम)ले १४८ र नेकपा एमालेका मनिष समालले ३२३ मत ल्याएका छन् ।



यस्तै, अहिले वडा नम्बर १, ७, ८, १४ र १३ को मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार(जेब्रा)का प्रहलाद कुमार क्षेत्रीले ४७७६ , नेकपा माओवादी केन्द्रका राजु खड्काले २१८९ र नेकपा एमालेका टेक बहादुर बलम्पाकीले १४०९ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा उपमेयरमा स्वतन्त्र उम्मेदवार(जेब्रा)की तारा देवी सिंहले ३१८५, नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले २०३५ र नेकपा एमालेकी दुर्गा कुमारी दहालले १९२१ मत ल्याएकी छीन् ।
वडा नम्बर १३ को मतगणना अहिलेपनि जारी रहेको छ ।




