गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।
कुल १ हजार ४ सय ५९ मतको गणना हुँदा वडाध्यक्षमा जसपाले ४५५ , नेकपा माओवादी केन्द्रले ११९, लोसपाले १२३, नेपाली काँग्रेसले २७१ मत ल्याएका छन् ।
यस्तै, मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ६९८, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ८५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ९३ र नेपाली काँग्रेसले २७१ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा जसपाकी पिंकी कुमारी साह ६६३, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ९७ र लोसपाकी लाल कुमारी लामाले १०० र नेपाली काँग्रेसले २८० मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।