औहरी । महोत्तरीको औरही नगरपालिक वडा नम्बर २ मा पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता कायम राखेको छ ।
कुल १ हजार ५ सय ५१ मतको गणना हुँदा मेयरमा लोसपाले ९८७, नेपाली काँग्रेसले ३२४, नेकपा माओवादी केन्द्रले ६०, जसपाले ५, नेकपा एमालेले ४७ र जनमत पार्टीले ६ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा लोसपाले ९११, नेपाली काँग्रेस ३८२, नेकपा माओवादी केन्द्रले ७८, नेकपा एमालेले ३० र जनमत पार्टीले ८ मत ल्याएका छन् ।
यस्तै, वडाध्यक्षमा लोसपाले ५६८, नेपाली काँग्रेसले २५१, नेकपा माओवादी केन्द्रले ४१३, जसपाले ६, नेकपा एमालेले २६ र जनमत पार्टीले १० मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।




