बर्दिबास- संयुक्त दलित संजाल बर्दिबासले जात ब्यस्था विरुद्धको दिवस दिप प्रज्वलन गरि मनाएको छ ।




दुई वर्षअघि अर्थात २०७७ जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले क्रूर हत्या गरेको थियो ।

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दा समेत सरकारले उचित न्याय दिन नसकेकोप्रति विरोध गर्दै घटनाका दोषीलाई कारबाही गर्नुको सट्टा तोडमोड गरी सरकारले नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ ।

घटनामा आरोपित ३४ जनामध्ये ११ जना थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
संयुक्त दलित संजाल बर्दिबासले आज दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्दै न्यायको लागि पहल गरेको छ।
उक्त दिप प्रज्वलन कार्यक्रमलाई संम्बोधन गर्दै संजालका अध्यक्ष मकरलाल बिश्वकर्माले सबै खालको भेदभाव अन्त्य गर्न सबै समुदाय एकजुट भए मात्र समाबेशि र समुन्नत समाजको निर्माण हुने बताए ।




