काठमाडौं। ताप्लेजुङ सदरमुकाम फुङलिङको एक होटलमा महिलाको शव फेला परेको छ। ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी हुन्। फुङलिङस्थित तोक्मेस्थित कफी सप होटलको कोठामा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन्।
माया दुई दिनअघि पति विजय बराइलीसँग पाथीभरा भ्रमण गरेर फर्किएकी थिइन्।



जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार विजय एटीएमबाट पैसा निकाल्न बैंक गएको बेला माया आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।




