
जनकपुर - जनकपुर-ढल्केवर सडक खण्ड अन्तर्गत रमदैया भवाडी वाटर पार्क निजिक एम्बुलेन्स र अटो रिक्सा एक आपसमा र्दुघटना हुँदा एक जनाको मृत्यू भएको छ ।
जनकपुर न्यूरो होस्पीटलबाट बिरामी लिएर काठमान्डौं जान लागेको स १ च १३९२ नम्बरको एम्बुलेन्स र त्यही दिसबाट लक्ष्मीनियाबाट महेन्द्रनगर तर्फ आइरहेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई पछाडीबाट ठक्कर दिँदा अटोमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने सुरेश यादवको छोरा अन्दाजी वर्ष २४ को अर्जुन यादवको उपचारको क्रममा मृत्यू भएको छ भने अटोमा सवार अटो चालक सहित २ जना घाइते भएको छ ।
घाइते दुईजनाको जानकी मेडिकल रमदैया स्थित उपचार भईरहेको छ भने एम्बुलेन्स चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरिक्षक नितेश कुमार सिंहले जानकारी दिनुभयो ।