जनकपुरधाम- महोत्तरीको बर्दिबास नगरपालिकामा ८ जना कार्यपालिका सदस्य चयन भएका छन् । कार्यपालिका चयन गर्नेमा महोत्तरीमा वर्दिवास नगरपालिका पहिलो हो ।
शुक्रवार सम्पन्न निर्वाचनबाट नेकपा एमाका २, नेकपा माओवादी केन्द्रका १ र नेपाली काँग्रेसबाट २ र स्वतन्त्रबाट ३ जना गरि ८ जना कार्यपालिका सदस्य चयन भएका हुन् ।
कार्यपालिका सदस्यमा नेकपा एमालेबाट प्रतिमा कुमारी, अन्सिला कुमारी निर्वाचित भएका छन् भने, नेकपा माओवादी केन्द्रबाट ऐश्वर्य नोम्जन तामाङ, मंजु देवी सिंह, नेपाली कांग्रेसबाट राम चलितर पजियार, वीना कुमारी पाख्रिन, स्वतन्त्र (जेब्रा छाप)बाट लक्ष्मी कोइराला, तिर्थ बहादुर अछामे र स्वतन्त्र (पुतली छाप)बाट बिन्देश्वर साह सुडी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नगरपालिका अध्यक्ष, उपाध्यक्ष,वडाअध्यक्ष लगायतका सदस्यहरुले मतदानबाट कार्यपालिका सदस्य चयन गरिने प्रक्रिया छ ।




