नेपाली कथानक चलचित्र ‘आँधी तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द रहेको छ। सार्वजनिक गीतले फिल्मको कथा भन्छ।
अवी वाग्लेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा भारतको गोवाका दृष्य कैद गरिएको छ। सार्वजनिक भिडियोमा ३ अभिनेत्रीको बोल्ड अवतार देख्न सकिन्छ। आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसीलाई गीतमा बोल्ड लुक्समा उतारिएको छ। मदन घिमिरेको निर्देशनमा बनेको चलचित्रले नारी शक्रिको कथा भन्नेछ।



मौनता श्रेष्ठको लेखन रहेको यो चलचित्र ओम साई भक्त मुभि प्रालिको ब्यानरमा निर्माण भएको छ। रवि गिरी, पुस्कर राउत, सन्जित भण्डारी, सोनी बिसी, आरती आचार्य, यांशु श्रेष्ठ, विन्दिया ठकुरी, रुपा केसी लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा मौनताको लेखनसँगै पटकथा तथा संवाद पनि रहेको छ।
रामशरण उप्रेतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत रहेको चलचित्रको दृष्य मन्दिप श्रेष्ठले सम्पादन गरेका छन्।
भिडियो –




