काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। सांसद प्रेम सुवाल, दुर्गा पौडेल, गोर्कण विष्ट र खगराज अधिकारीले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


