धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिकाको वडा नं. ८ अग्नी कुण्ड सडक खण्डको उदघाटन गरेका छन ।
अग्नीकुण्डचोकदेखि अग्नीकुण्ड मन्दिरसम्म १४० मिटर लामो उत्त सडकको नगर प्रमुख साहले आईतवार एक कार्यक्रमकाबिच उदघाटन गरेका हुन । करिब १० लाखको कुल लागतमा निर्माण भएको सो सडक निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन्। उनले निर्माणाधिन अग्नी कुण्ड पोखरी सौन्दर्यकरण कार्यको समेत अनुगमन गरेका छन ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष दिनेश सिंह , वडा नं. १३ का वडाध्यक्ष जितु राउत , वडा सदस्यसहित स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।




