जनकपुरधाम- जनमत पार्टी धनुषाले विभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ ।
जसअनुसार युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र इजाज अन्सारी चयन भएका छन् ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र खुशी पाण्डेलाई चयन गरिएको छ ।
त्यस्तै खेलकुद जनमत संघको जिल्ला संयोजकमा ललन यादव, सहसंयोजकमा समसुद्धिन राजालाई चयन गरेको छ भने मुस्लिम जनमत संघको जिल्ला संयोजकमा हारुल नदाफलाई चयन गरेको नेता साहले बताए ।
जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा भएको एक कार्यक्रमार्फत विभिन्न दलका नेता तथा कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन् ।