
बाजुरा। बाजुराको बुढिगंगा नगरपालिकामा स्थानीय निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनामा नेकपा एमालेले अग्रता कायम बनाएको छ। चार वटा एमालेले जितिसकेको छ भने मेयर र उपमेयरमा पनि उसकै उम्मेदवारले फराकिलो अन्तरले अग्रता बनाएका छन।
एमालेले वडानम्बर १, २, ९ र १० नम्बरमा प्यानलै जितेको छ। अहिलेसम्म कुल ३ हजार ६४८ मत गणना हुँदा एमालेका उम्मेदवार रामबहादुर बानियाँले २ हजार १९६ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २३९ मतसहित पछ्याइरहेका छन्। यस्तै, उपमेयरमा पनि एमालेले अग्रता बनाएको छ।
एमालेकी मायाँकुमारी खड्काले २ हजार १९६ मत पाउँदा कांग्रेसकी रीता शाहीले १ हजार २६२ मत पाएकी छन्।