जनकपुरधाम- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा नरहेको ठोकुवा गरेका छन् ।
जनकपुरधामको पिडरिया माईस्थान स्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोईरालाले मधेशका सबै जिल्लाका सभापतीहरु कांग्रेस एक्लै लडनुपर्ने पक्षमा रहेको बताए । यद्यपि उनले न्युनतम सिट दिएर मात्र गठबन्धन गर्नुपर्ने बताए ।
गठबन्धनका न्युनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढनुपर्ने उनको तर्क छ । गठबन्धन कति र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्ने कोइरालाले बताए । उनले बाम गठबन्धनको पनि सम्भावना रहेको बताए ।
स्थानिय तहको निर्वाचन र अगामि निर्वाचनको परिस्थती फरक रहेको बताउदै उनले दुर्गामी सोचका साथ नेतृत्वले निर्णय गर्नुपर्ने बताए ।
कार्यक्रममा मधेश प्रदेशसभामा पार्टीका संसदिय दलका नेता रामसरोज यादव, धनुषा सभापती योगेन्द्र पजियार नेता रामकृष्ण यादव, दिनेश प्रसैला यादव, मेघनाथ यादव सहितको उपस्थिती थियो ।




