महोत्तरी(औरही)- महोत्तरीको औरही नगरपालिकामा एक मानसिक सन्तुलन ठिक नभएको पुरुषको पानीमा डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका वडा न- ५ गौशाला बजार घर भएका २६ वर्षीय रवि साह रहेका छन् ।
साह औरही नगरपलिका ७ भोईल स्थित श्री रामविलास यादव, चन्देश्वर यादव जनता माबि बिधालयको छेउको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
साह शुक्रवार दिउँसोको समयमा घरबाट निस्केको र अवेर रातिसम्म घर फर्के पछि खोजबिन गर्दै जाँदा औरही नगरपलिका ७ भोईल को पोखरीमा डुवेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।
साहको शव प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टम गरि आफन्तको जिम्मा लगाइ सकेको प्रहरीले जानकारी दिएको छ ।


