राजविराज : सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।
खड्क नगरपालिका ११ का ६० वर्षीय शत्रुहन खङ्ग (मण्डल) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो।



लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्न पानीका लागि मोटर, पम्पसेट प्रयोग गर्न थालिएको छ। त्यहि क्रममा मोटर खोल्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।




