महोत्तरी- वर्दिवासमा आफनै आठ वर्षीया नाबालिक भतिजिलाई बलात्कार गरेको आरोपमा काकालाई गिरफ्तार गरिएको छ।
इलाका प्रहरी कार्यालय वर्दिवासले जनाए अनुसार १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई बलात्कारको गरेको आरोपमा साउन ११ गते उजुरी परेको छ ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको अभिभावकले दिएको दिएको किटानी जाहेरीको आधारमा प्रहरीले २४ वर्षीय आरोपितलाई साउन १२ गते गिरफ्तार गरिएको इप्रका वर्दिवासका डिएसपी रबि रावलले जानकारी दिए।
आरोपितलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय प्रमुख समेत रहेका रावलको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण साउन ११ गते वर्दिवास अस्पतालमा गरिएको छ ।




