जनकपुरधाम — महोत्तरी बर्दिवासका पत्रकार ललन मण्डललाई अभद्र व्यवहार गरेको आरोपमा सर्लाहीका मिटरब्याजी सञ्जय गुप्तालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
सर्लाहीका थुप्रै विपन्न र गरिब नागरिकलाई चर्को ब्याजमा पैसा लगानी गरेर दु:ख दिएका गुप्ता त्यस मामिलामा जिल्ला अदालत सर्लाहीबाट धरौटीमा छुटेका थिए ।
साउन ९ गते बर्दिबासका पत्रकार मण्डललाई कुटपिट र अभद्र व्यवहार गरेका गुप्तालाई महोत्तरी प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनलाई महोत्तरी प्रहरीले पूर्वपश्चिम राजमार्गको बर्दिबास इलाकाबाट पक्राउ गरेको हो ।
एसपी पंगेनीका अनुसार गुप्तालाई म्याद थप गरेर अभद्र र कुटपिट मुद्दामा अनुसन्धान भइरहेको छ ।


