महोत्तरी – महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नंम्बर ३ रघुनाथपुरको राम मन्दिरमा व्यापक घोटाला भईरहेको स्थानियहरुको आरोप छ । मन्दिरमा बार्षिक दशलाख भन्दा बढि आम्दानी रहेको पनि व्यवस्थापनमा कुनै ध्यान नदिएको स्थानियहरुले आरोप लगाएको छ।
मन्दिरको मातहतमा रहेको १२ विघा ७ कठ्ठा जग्गा त्यस मध्ये धान बाट वार्षिक १ लाख ५० हजार, बजार बाट वार्षिक ५ लाख ५० हजार, दुई पोखरी बाट १ लाख ६५ हजार, चिरान मसिन र टावर बाट ३७ हजार ५ सय सहित करीब दश लाख आम्दानी आउने गरेको छ ।
वडा अध्यक्ष प्रमोद सहनीले पनि मन्दिरको आम्दनी राम्रो रहेको पनि मन्दिरको व्यवस्थापन तथा अन्य कुनै पनि प्रगति तर्फ कसैले ध्यान नपुर्याएको बताए । वडाध्यक्ष सहनीले महन्थको लापरवाहिको कारण मन्दिरको अवस्था अस्त व्यस्त हुदै आएको बताए । सार्बजनीक सम्पतीमाथि कसैलेपनि मनोमानी गर्न सक्दैनन् यदि त्यस्तो पाईए सम्पूणर् समाज वसेर निणर्य लिन बाध्य हुने वडा अध्यक्ष सहनिले चेतावनि दिए । स्थानिय संतोष कोल्ड स्टोरका सञ्चालक संतोष साहले मन्दिरजस्तो ठाउमा घोटला भए पनि कसैले आवाज नउठाउनु दुर्भाग्य भएको बताए ।
यता मन्दिरको महन्थको रुपमा २०६५ सालमा जिम्मा पाएका महन्थ राजकुमार दास वैसणवको भनाई अनुसार आफ्नो कार्यकालमा ३५ लाख आम्दानी भएको र त्यस मध्ये टावर भाडा बापतको केही रकम वैक खाता रहेको र वाँकी रुपैयाँ खर्च भई सकेको छ ।




