
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित नमुना माध्यमिक बिद्यालय रमदैया भवाडीमा नवनिर्मित सरस्वती मन्दिर उदघटन गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका को मेयर सुखदेव यादवले उदघाट्न गरेका हुन । संस्कृति र परम्परालाई संरक्षण गर्न मेयर यादवले जोड दिए ।
बिद्यार्थी तथा युवालाई समाज बिकासको लागि सबै जना सक्रिय हुनु पर्ने मेयर यादवको आग्रह छ ।यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।
दशरत यादव (महाराजी) को ५० लाख लगानीमा उक्त मन्दिर निर्माण गरेका छन ।
उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।