धनुषा- नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभापती विमलेन्द्र निधीले लोसपालाई गठबन्धन र सरकारमा ल्याउनु पर्ने बताउनुभएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिव कुमार साहको अगुवाई र निजी आयोजनामा भारतको विभिन्न तिर्थस्थलको यात्रा गर्न गइरहेको तिर्थयात्रीहरुलाई जनकपुरधामको जानकी मन्दिरमा बिदाई गर्दै नेता निधीले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु मिल्नुको विकल्प नरहेको बताउदै लोसपा गठबन्धन मात्र नभई सरकार मै पनि सहभागि हुनुपर्ने पक्षमा आफु र प्रधानमन्त्री देउवा समेत रहेको बताउनुभयो।
निधीले अगावि निर्वाचन र गठबन्धनको विषयमा आफुले लोसपा नेता महतो संग भेटेरै कुराकानी गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन भइसकेपछि म र महतो मध्ये चुनाव को लडने बारेमा एक अर्कालाई सहयोग गर्न सकिन्छ ।’
लोसपालाई गठबन्धनमा ल्याउन यहाँले औपचारिक रुपमै प्रस्ताव गर्नु भयो त्यसो हुँदा तपाई र राजेन्द्र महतो मध्ये धनुषा ३ बाट चुनाव को लडने भन्ने विवाद हुदैन ? भन्ने संचारकर्मीको जिज्ञासमा निधीले भन्नुभयो, ‘मैले लड्ने निधो गरेको छु, महतो जी पनि मलाई यहाँ पराजित गर्नुभएको छ , उहाँ संग पनि सोध्नोस, तर के छ भने गठबन्धन पछि हामी छलफल गरि मिलेर जान्छौं’
वडा अध्यक्ष साहले एक सय २ जना वडाका जयेष्ठ नागरिकलाई लिएर भारतको अयोध्या बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन् ।