काठमाडौं । सरकारले अनसनरत निहारिका राजपुतसँग वार्ता गरि अनसन तोडाउने तयारी गरेको छ ।
यसका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खाती बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।



उनिहरुले सम्भवत: निहारिकासँग बुधबार अनशन तोडाउने गरी संवाद अघि बढाउने सरकारी अधिकारीले बताएका छन् ।निहारिकाले आरोप लगाएको शिवराज श्रेष्ठ मंगलबार धनुषाबाट पक्राउ परेका छन् ।
यसअघि आफूसँग सरकारले गरेको सहमति पालना नभएको भन्दै शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी उनी हाल अस्पतालमै अनशन बसेकी छन् ।




