
नेपालमा दश बर्षे जनयुद्ध भयो । त्यसमा झण्डै १७ हजार नेपाली जनताको ज्यान गयो । हजारौ अहिले पनि बेपत्ता छन् । गत वर्ष एउटा सार्वजनिक कार्यक्रममा माओवादीका परमानेन्ट अध्यक्ष पुष्पकमल दहाल ले आक्रोशित मुद्रामा भनेका थिए, हामीले केबल ५ हजार मानिस मारेका छौ, दश वर्षमा । तर मान्छे मारेको कुरा स्वीकार्नुभयो । माओवादी र तत्कालिन सत्तापक्ष बीच भएको बृहत शान्ति सम्झौता पश्चात शान्तिपूणर् राजनीतिमा आएका माओवादी निरन्तर सत्ता राजनीतिमा लिन रहँदै आएको छ । आम नेपालीको रगत बगाएर आएको माओवादी वर्तमान राजनीतिमा सत्ताको चास्नी मा चुर्लुम्म डुबेका छन् ।
यस चास्नीको गुलियो रसस्वादनमा माओवादीमा लागेका गिरिराजमणि पोखरेल सधै गर्न सफल भएका छन् ।माओवादीको सत्ताबजारमा पोखरेल निरन्तर पौडी खेली रहेका नेताका रुपमा परिचित हुन ।
बिंसं २०१५ साल माघ मा खोटांगको खर्पा मा जन्मेका गिरिराज केही वर्ष यतादेखि महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका बासिन्दा बनेका छन् ।
गिरिराजमणि पोखरेल माओवादी नेताहरूमध्ये सबैभन्दा धेरै मन्त्री बन्ने नेतामा पर्छन् । जनमोर्चा हुँदै माओवादीसँग एकीकरण प्रक्रियामा आएका पोखरेल हाल माओवादी केन्द्रका नेता रहेका उनि महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पोखरेल लगातार ०६४, ०७० र ०७४ का तीनवटा चुनावमा जित्ने नेतामा पनि पर्छन् । गत निर्वाचनमा पोखरेल २३ हजार ७ सय ७६ मत ल्याएर विजयी बनेका थिए । पोखरेलले सङ्घीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरेका थिए । सबै सरकारमा मन्त्री बनेका भाग्यमानी नेता मा पर्छन् पोखरेल ।
बिपी राजमार्गबाट काठमाण्डौ जानको लागि बर्दिबास गेटवे अफ काठमाण्डौको रुपमा परिचय पाएको छ । राजा महेन्द्रले सिमांतकृत मधेसीलाई राजनीतिक रुपले पछाडी पार्नको लागि पुर्वपश्चित राजमार्ग बनाएका थिए । महोत्तरीमा पर्ने बर्दिबासमा सत्ताधारी नश्लका भण्डारी, पोखरेल, हमाल जस्ताको कब्जामा रहँदै आएको थियो । त्यसलाई नै आधार मानेर पोखरेलले राजमार्गमा पर्ने वर्दिवास केन्द्रमा पर्ने निर्वाचन क्षेत्र नं १ नै किन राजेका होलान ? सिंहदरबार पुग्न बर्दिबास काठमाण्डौको गेटवे हो त्यही भएर ? महेन्द्रले जन्माएको शासकिय राजमार्गको नश्लीय राजनीति जिबन्त राख्न ? यसबारे बिभिन्न दृष्टिकोणहरु छन् । तर अहिलेको अवस्था हेर्दा बन्दुकको नालबाट सत्ता खोज्ने माओवादी नेता मधेशी कार्यकर्ताको भाग खान महोत्तरी क्षेत्र नं. १ रोज्दै आएका हुन सक्छन् ।
झण्डै दुई दशक देखि माओवादी सत्तामा आएयता गिरिराजमणी ५ पटक मन्त्रि बन्न सफल भएका नेता हुन । उनि शिक्षा र स्वास्थ्य मन्त्रालय खाँदै आएका छन् । निर्वाचन पश्चात सत्तामा जानेबेला माओवादीबाट आफु सरकारमा जानैपर्छ भनि अध्यक्ष प्रचण्डको चाकडीमा कसैलाई अगाडी आउन दिँदैन । तर धेरैले हाँसो उडाउँदै आएका छन् की गिरिराज बारम्बार शिक्षा मन्त्री बने तर मधेस प्रदेशका आठ वटै जिल्ला अहिलेपनि किन पूणर् साक्षर बन्न सकेको छैन् ? स्वभाविक रुपले एउटा मन्त्रीले सम्पूणर् देशको बारेमा सोँच्नुपर्ने हुन्छ । मधेस प्रदेशलाई प्रतिनिधित्व गर्ने शिक्षामन्त्री देशको शिक्षा व्यवस्थाको निरन्तर कमाण्डर भइरह्ने तर आफ्नै प्रदेशका जिल्लाहरु साक्षर नहुनु समग्र प्रदेश कै लागि लाजलाग्दो भएन र ?
बर्दिवासका एकजना शिक्षा प्रेमीले कडा टिप्पणी गर्दै भने की, महोत्तरी क्षेत्र नं. १ का गरिब जनताको छोराछोरीलाई आफ्नोबसमा पारेर राजनीतिको रोटी सेक्दै आएका गिरिराजमणी जस्ता नेताले आफ्नै नगरपालिकालाई पूणर् साक्षर बनाउन नसक्नु भनेको बर्दिवासका जनतालाई ठग्नु सरह हो ।
त्यतिमात्र हो र, क्षेत्र नं. १ मा पर्ने सरकारी स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सुबिधाको अवस्था नाजुक नै छ । ‘पटके स्वास्थ्यमन्त्री’को क्षेत्रमा निजी अस्पतालको बिबिगी बढ्नु र सरकारी स्वास्थ्य व्यवस्था कमजोर बन्दैजानु गिरिराजमणीको असली परिचयलाई प्रतिबिम्ब गर्छ, बुझ्नेको लागि ।
माओवादी जनयुद्धको बेला महोत्तरी र वा भनौ खासगरि महोत्तरी १ नं. बाट थुप्रा मधेसीहरु माओवादीमा होमिएका थिए । आज ती नेताहरु कहाँ छन् ? बर्दिबास बजार भन्दा दक्षिण भूभागका माओवादी नेताहरु किन स्थापित हुन सकेका छैनन ? तल कार्की र माथि पोखरेल?
२०७२ सालमा संबिधान जारी हुने समयमा मधेस जलिरहेको थियो । गिरिराजहरु मधेसमा भइरहेको राज्यसत्ताले गरिरहेको हत्या हिंसाको साक्षी भएर एकथान संबिधान ल्याउन मरिहत्ते गरिरहेका थिए । २०७२ सालको मधेस आन्दोलनमा मधेसी जनताहरु पार्टीबाट माथि उठेर आन्दोलनमा आफ्नो सहानभूती देखाएको थियो । आन्दोलन नाकाबन्दीमा परिणत भयो। आन्दोलनकारीहरु नोमेन्सल्याण्डमा बस्न बाध्य भए ।
तर उनै मधेसी दलका नेता शरदसिंह भण्डारीसँगको आपसी गठजोडको आडमा र एमाले सँगको गठबन्धनमा पोखरेल २०७४ को संसदिय निर्वाचनमा बाजी मार्दै फेरी ‘खोटांग टु बर्दिबास’को परियोजनामा सफल भए ।
महोत्तरी क्षेत्र नं. १ मा साह, महतो, यादव, मगर, लिम्बु थर भएका नेताहरु थिएनन ? वा छैनन् ? वा भएपनि काबिल छैनन् ? आखिर के कारण थियो होलाकी खोटांगबाट मधेस झरेका पोखरेल महोत्तरीमा आएर आफ्नो जडा गाड्न सफल भए ?
सिमांतकृत समुदायको राजनीतिक पहिचान दिलाउनु पनि माओवादी जनयुद्धको एउटा मुद्दा थियो । के पोखरेलको पनि राजनीतिक पहिचान संकटमा परेको थियो त नेपालमा ? कदापी होइन । माओवादीका परमानेन्ट कमाण्डरलाई पनि कुनैबेला सिरहाले सहारा दिए कै हो ।
अहिलेको सरकारी गठबन्ंधनमा माओवादीले क्षेत्र नं. १ पाउने हल्ला छ । क्षेत्र नं. १ मा त माओवादीको पार्यायवाची शब्द गिरिराजमणी पोखरेल हो जस्तो चर्चा समान्य छ । पोखरेलको सत्तालिप्साका सिकार अन्य माओवादी नेताहहरु बन्दै आएका छन्। यसपालीको निर्वाचनमा क्षेत्र नं. १ का जनताहरु र माओवादीमा लागेका बर्दिबास दक्षिणका मतदाताले परिवर्तन खाजेका छन् । वास्तवमा भन्ने हो भने माओवादीका आला नेताहरुले पनि चिन्तन गर्नु पर्ने अवस्था आएको छ ।
क्षेत्र नं. १ मा नेपाली काँगे्रस जस्ता पार्टीहरुको लाचारी यती तलसम्म आइसक्यो की काँगे्रसका नेताहरु क्षेत्र नं. १ उपर दाबा समेत गर्न सकिरहेका छैनन् । जसरी देशको राजनीतिक अस्थिरताका नायकको रुपमा प्रचण्डलाई बुझिने गरिन्छ त्यसैगरि महोत्तरी क्षेत्र नं १ मा मधेसी, जनजाती लगायत अन्य माओवादी नेताहरुको भविष्य अँध्यारो पार्ने नेताको रुपमा पोखरेलको चर्चा छ ।
आखिर कहिले सम्म वर्दिवासले खोटांग र मोरंगका पोखरेललाई बोक्ने हो भनेर अहिले व्यापक चर्चाको विषय बनेको छ। के पोखरेलको विकल्पमा माओवादीमा अर्को नेता नै छैनन् स्थानीय स्तरमा ?
पोखरेल २०५० को दशकदेखि उपल्लो सगरमाथा-जनकपुर, तल्लो सगरमाथा-जनकपुरसम्मका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्ला र कोशीपूर्वका जिल्लाहरूमा मात्र केन्द्रित छन् । पोखरेल गुटको राजनीति गर्ने गुटको कोटामा पटकपकट मन्त्री पडकाउने भित्र पर्छन्।
यो पनि पढ्नुहोस्।
चुनावमा गिरीराजमणिलाई भारी पर्ने भयो मेडिकल कलेजको मुद्दा