
महोत्तरी - आज नवमीको दिन महोत्तरी जिल्लाको औरही नगरपालिका ७ अवस्थित सोनामाई मन्दिरमा भव्य पूजा हुने गर्छ। घटस्थापनादेखि दशमीसम्म प्रत्येक दिन बली चढाउने परम्परा छ। यो परम्पराको एकिन नभएपनि वर्षाै देखि चल्दै आएको जानकारहरु बताउँछन्।
मन्दिरमा आज भक्तजनको घुँइचो देखिएको छ। यँहा औरही नगरपालिका लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु आउने गर्छन्। र मनाेकामना पूरा हाेस भन्दै बली चढाइन्छ।
अन्य दिन लगायत आज सम्म हजारौंको संख्यामा बोका बली दिने गरेका छ्न। भने आज नवमीका दिन मन्दीर परिसरमा रहेको राजदेवीको (खुट्टा) अगाडि ८० राँगाको बली दिइएको छ।
औरही नगरपालिका ७ का वडा अध्यक्ष जितेन्द्र यादवका अनुसार मेला शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।