
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) का नेता शत्रुधन प्रसाद सिंहले पार्टी परित्याग गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका सिंहले आज बुधबार प्रेस विज्ञप्ति निकालेर पार्टी परित्याग गरेको घोषणा गरका हुन् । उनले राजीनामा पत्रमा पाँच दलीय गठबन्धनको नाममा पार्टीले मधेसी जनताको भावना विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।
सिरहा क्षेत्र नम्बर २ बाट सिंहले उम्मेदवारी घोषणा गरेका थिए । तर गठबन्धन गर्दा उक्त क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने भएपछि सिंहले राजीनामा दिएका हुन् ।
उनी टिकट पाउने अवस्थामा अब नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।